तनहुँमा अवैध लागु औषधसहित एक युवक पक्राउ



पोखरा

तनहुँ प्रहरीले अवैध लागु औषधसहित एक युवक पक्राउ परेका छन्।

आँबुखैरिने गाउँपालिका -४ बेनिटारबाट प्रहरीले लागु औषध सहित म्याग्दी जिल्ला बेनी नगरपालिका -१० पातले खेत बस्ने २२ वर्षीय रबि किसानलाई सोमबारराति पक्राउ गरेको। प्रहरीले उनको साथबाट डाईजोपाम ६८ एम्पुल, फेनारगन ६९ एम्पुल र नुर्फिन ६९ एम्पुल वरामद गरेको छ।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना.५ ख ४९६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार किसानलाई उक्त लागु औषधसहित पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja