मन्त्री अधिकारीद्वारा रुपा गाउँपालिकामा चार योजनाको उद्वघाटन 



पोखरा

गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले रुपा गाउँपालिकामा निर्माण गरिएका चार योजनाको उद्वघाटन गरेका छन् ।

भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्रालयद्वारा निर्माण गरिएको फैचोक देखि पोल्याङ्ग ४१ करोडको लागतमा वनेको रिङरोडको पहिलो खण्डको उद्वघाटन गरे । यस्तै सडक विभागद्वारा निर्माण गरिएको रुपा वडा नं ३ र मध्यनेपाल जोड्ने पुल १ सय ६५ मिटरको पुल , रुपा-५ र पोखरा-३२ जोड्ने मोटरेवल पुल र रुपा-३ स्थित जनता माबिको ८ कोठे भवन मुख्यमन्त्री अधिकारीले उद्घाटन गरेका हुन् ।

मध्यनेपाल जोड्ने पुल १२ करोड १३ लाखमा वनेको थियो । रुपाको वडा नं ५ र पोखरा – ३२ जोड्ने पुल २ करोड ५७ लाख र ८ कोठे भवन ८२ लाखको लागतमा निर्माण भएका हो । योजनाको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले विकासका योजनाको सहि संरक्षण गर्नुका साथै उत्पादनमूलक आयआर्जनमा जोड्नु पर्ने वताए । उनले भौतिक बिकास संगै युवाहरुलाई उत्पादन मुलक क्षेत्रमा जोड्ने गरि योजनाहरु ल्याउने बताए । भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री हरि वहादुर चुमानले रुपाको विकासमा आफ्नो साथ सधै रहने वताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja