फाल्गुन ४ गतेदेखि पोखराको काहुँडाँडामा महोत्सव हुने



पोखरा

पोखराको काहुँडाँडाको पर्यटन प्रवर्द्धन गर्न पहिलो पटक काहुँ धरहरा महोत्सव आयोजना गरिएको छ ।

जनकल्याण क्लवद्वारा आयोजित महोत्सव फाल्गुन ४ देखि १४ गतेसम्म चल्नेछ । प्रवर्द्धन र विकास गर्दै समृद्ध देश निर्माणका लागि महोत्सव आयोजना गरिएको महोत्सव संयोजक देवबहादुर गुरुङले जानकारी दिए । महोत्सवमार्फत् ग्रामीण पर्यटन तथा पोखराकै दृश्यावलोकनको गन्तव्यका रुपमा विकास गर्ने सकिने उनले बताए ।

महोत्सवले काहुँ क्षेत्रमा आर्थिक क्रियाकलाप वृद्धि हुनुका साथै जनस्तरको आर्थिक विकासमा सहयोग पुर्याउने उनको विश्वास छ । महोत्सवमा ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ५२ लाखको कारोबार हुने अनुमान छ । महोत्सवको आम्दानी पर्यटन पूर्वाधार निर्माण, असहय विद्यार्थीलाई सहयोग गर्ने आयोजकले जनाएको छ । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति, खुला भजन चुट्का प्रतियोगिता, विद्यालय स्तरीय खुला नृत्य प्रतियोगिता, चित्रकला प्रतियोगिता, लाइभ म्युजिक कन्सर्ट, स्थानीय उत्पादनको प्रदर्शनी हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja