बागलुङमा सडकमा निर्माण सामग्री हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती



पोखरा

जथाभावी सडकमा थुपारेको निर्माण सामग्रीले सवारी आवागमन र पैदल यात्रीलाई बाधा पुग्ने गरेको छ ।

सरकारी भवन बनाउँदा होस् वा व्यक्तिका घर बनाउँदा पनि निर्माण सामग्री बागलुङ बजारको सडकमै थुपार्ने गरिएको छ । सडकमै सवारी साधनको पार्किङले पनि बागलुङ बजार अस्तव्यस्त बन्दै गएको छ । सदरमुकाममा रहेका कुनै पनि सरकारी कार्यालयभित्र सेवाग्राहीले पार्किङको सुविधा पाउँदैनन् । 

जिल्ला प्रशासन कार्यालयलगायत सबै कार्यालयमा काम गर्ने कर्मचारीको मात्रै सवारी साधन कार्यालय परिसरमा राखेपछि गेट बन्द गरिन्छ । कार्यालयले सेवाग्राहीका सवारी साधन पार्किङ गर्न अनुमति दिँदैनन् । यहाँका कार्यालयमा मानिस छिर्ने ठाउँ राखेर ढोका बन्द गर्ने चलन वर्षांैदेखि छ ।

सदरमुकाममा रहेका ठूला सप्लायर्सका ढुवानी गर्ने ट्रकले कार्यालय, विद्यालय समय हेर्दैनन् । सडक नै जाम हुनेगरी जुनकसुकै बेला बजार प्रवेश गर्छन् । साँघुरो सडक नै जाम हुनेगरी आउने ठूला ट्रकले अन्य सवारी आवागमनमा बाधा पुर्याउँदै आएका छन् । पार्किङस्थलको अभावमा सवारी साधन सडक छेउमै पार्किङ गर्नुपर्ने सर्वसाधारणको बाध्यता छ । 

शहरोन्मुख दश पालिका मुकाममा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ । जिम्मेवारी पाएको ट्राफिक प्रहरी कार्यालयसँग १५ जनाको मात्रै दरबन्दी छ । सदरमुकाम बागलुङ बजारकै बग्रेल्ती समस्या समाधानमा मात्रै आठ/नौजना चाहिन्छन् । बाँकी जनशक्तिले जिल्लाका सबै क्षेत्रको ट्राफिक व्यवस्थापन गर्न कठिन भइरहेको ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक मीनबहादुर खड्काले बताए ।

सदरमुकाम आउने रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्नेदेखि क्षमताभन्दा धेरै यात्रु बोक्ने समस्यामा प्रहरीको नजर पुगेको छ । “जिल्लामा पार्किङदेखि साँघुरा सडकको समस्या रहेछ, सबै समुदायको साथ नहुने हो भने ट्राफिकले मात्रै समस्या सुल्झाउन सक्दैन”, खड्का भन्छन्, “दुर्घटना भए ट्राफिकको कमजोरी देखिन्छ ।” दुर्घटना हुन नदिनका लागि सबैको भूमिका हुनुपर्ने उनले बताए । 

दुर्घटनाको उद्धारका बेला प्रयोग हुने एम्बुलेन्सको भाडासमेत महँगो पर्दा त्यसको भार ट्राफिक प्रहरीको जिम्मामा आएको उनको भनाइ छ ।  सदरमुकामको ट्राफिक व्यवस्थापनका लागि यसअघि प्रहरी र बागलुङ नगरपालिकाले प्रयास गरेको भए पनि ती प्रयास सफल हुन सकेका छैनन् । ट्राफिकले एकतर्फी पार्किङ निषेधको व्यवस्थापन गरेर चार वर्षदेखि बजार व्यवस्थापनको प्रयास भने गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja