गण्डकी प्रदेश: एक वर्षमा ४०२ सडक दुर्घटना, २१३ जनाको मृत्यु



पोखरा

गण्डकी प्रदेशमा २०७८ माघ देखि २०७९ पौष मसान्तसम्म चार सय दुई सडक दुर्घटना हुँदा २ सय १३ जनाले ज्यान गुमाएका छन् ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाको विवरण अनुसार ती दुर्घटनाहरुमा ३ सय ८१ जना गम्भीर घाइते भएका छन् भने २ सय ४५ जना सामान्य घाइते भएका छन् । दुर्घटनामा ५ सय १४ सवारीसाधन संलग्न भएका छन् ।

तथ्यांकगत रुपमा हेर्दा भने अघिल्लो सोही अवधिको समय भन्दा दुर्घटना ३ प्रतिशतले घटेको छ भने मानवीय क्षति १५ प्रतिशतले घटेको छ । गम्भीर घाइतेको संख्यामा भने ३९ प्रतिशतको उच्च वृद्धि भएको छ । यसैगरी सोही अवधिमा सामान्य घाइतेको संख्या ९ प्रतिशतले घटेको छ भने दुर्घटनामा संलग्न सवारी साधनको संख्यामा पनि ७ प्रतिशतले कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja