बिल नभएको ४ सय बोरा युरिया मल बरामद



पोखरा

बिल नभएको युरिया मल प्रहरीले शनिबार बरामद गरेको छ ।

महेन्द्र राजमार्गको डण्डानजिक जाँचका क्रममा बर्दघाटबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ५७०८ नम्बरको मालवाहक ट्रकमा ल्याइएको ४ सय बोरा युरिया मल बरामद भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार त्यो मल कसले कहाँबाट ल्याएको भन्ने नखुलेको र सक्कली बिलसमेत नभएका कारण बरामद गरिएको हो । मल र ट्रक पश्चिम नवलपरासीको महेशपुर भन्सार नाकामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja