प्रतिबन्धित लागूऔषधसहित पोखरामा एक युवक पक्राउ



पोखरा

पक्राउ पर्नेमा पोखरा – २० स्थायी घर भई पोखरा – १७ शितलपथ बस्ने वर्ष २२ को सुजन गुरुङप्रतिबन्धित लागूऔषधसहित पक्राउ परेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको प्रहरीटोलीले यही मंगलबार साँझ ५ बजे शितलपथमा चेकजाँच गर्ने क्रममा लागूऔषधसहित गुरुङ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार गुरुङको घरको कोठाबाट लागूऔषध डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल गरी जम्मा २९० एम्पुल लागूऔषध फेला परेको हुँदा गुरुङलाई पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङमाथि कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन पन्ध्र(१५)म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja