पोखरामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु



    पोखरा

    पोखरामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ चौगादीका ६३ वर्षका नलप्रसाद लामिछाने रहेका छन् । 

    गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक शारदा प्रसाद चौधरीका अनुसार आज बिहान ११ः१५ बजे चौगादीबाट सुरौदीतर्फ जाँदै गरेको ग१त ६६६४ नम्बरको ट्याक्टरले पोखरा-३३ चुवादीको भित्रि सडकमा अधिकारीलाई किचेको थियो । 

    सो दुर्घटनामा गम्भीर घाइते अधिकारीलाई तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले जानकारी दिए ।  ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस्
    Logo
    pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

    हाम्रोबारे


    सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

    प्रकाशक:- अशेष भट्टराई

    प्रेस प्रतिनिधि:- आशिष भट्टराई

    सम्पर्क नं. :- ९८५६०४८८९५

    सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

    सामाजिक संजाल


    ©2024 Pokharaaaja