पत्रकार पौडेलको स्मृतिमा रू. १० लाखको अक्षयकोष स्थापना गरिने



पोखरा

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका संस्थापक अध्यक्ष त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गरिने भएको छ ।

महासङ्घका कावा अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज पोखरामा बसेको बैठकले समितिका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा रू १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदीले जानकारी दिए। पत्रकार महासङ्घ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने उनले बताए।

हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कारका लागि आवश्यक थप कार्यविधि पनि बनाइने जनाइएको छ । यसैबीच पत्रकार महासङ्घ गण्डकीले आजै स्वर्गीय पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जली सभामा कावा अध्यक्ष शर्माले गण्डकी प्रदेश मात्र नभई सिङ्गो पत्रकारिताको क्षेत्रमा उनको महत्त्वपूर्ण भूमिका रहेको बताए । पौडेलेको माघ १ गते पोखराको सेती नदीको खोंचमा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी निधन भएको थियो । 

स्व पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य र पत्रकार महासङ्घ गण्डकीको सल्लाहकार समेत थिए । उनी दुई दशकदेखि पत्रकारिता क्षेत्रमा आबद्ध थिए । उनले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनलगायतका मिडियामा काम गरेका थिए । हाल उनी पोखरा हटलाइन दैनिकको प्रकाशक-सम्पादक रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja