प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्नेछु : सभामुख घिमिरे



पोखरा

प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन् । 

शुक्रवार सभामुखको पद तथा गोपनीयताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसद्लाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका हुन् । उनले संसद्लाई अझ बढी क्रियाशील बनाउन पनि प्रयत्न गर्ने बताए ।

उनले संसद्लाई प्रभावकारी ढंगले अगाडी बढाउने बताए । सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja