‘सी’ डिभिजन लिग फुटबल जेठ १ गतेदेखि



पोखरा

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल जेठ १ गतेदेखि आयोजना गर्ने निर्णय गरेको छ । शुक्रबार एन्फा पदाधिकारी र सी डिभिजन क्लबका प्रतिनिधिबीचको छलफलपछि लिगको मिति टुंगो लगाइएको हो । एन्फाले सी डिभिजनका सबै १४ क्लबलाई तयारी खर्चका रुपमा ११ लाख रुपैयाँ प्रदान गर्नेछ ।

प्रतियोगिताको पुरस्कार राशीबारे क्लब र एन्फाबीचको अघिल्लो बैठकमै निर्णय गरिएको थियो । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ७ लाख र तेस्रो हुने टिमले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । फेयर प्ले टिम र सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार पाउँदा सर्वार्धिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले जनही ३५ हजार पाउनेछन् ।

हरेक खेलको विजेताले २० हजार रुपैयाँ पाउनेछ । खेल बराबरी भएको अवस्थामा दुवै टिमलाई ७ हजार ५०० का दरले दिइनेछ । हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja