पोखरामा माघ ७ गते चित्रकला र फेसनकता प्रदर्शनी



पोखरा

इन्टरनेसनल वाटर कलर सोसाइटी हेमकान्ती आर्ट ग्यालरी पोखरा र बुद्धिज् एट्लियर पोखराको सहकार्यमा माघ ७ गते पोखरामा चित्रकला र फेसनकता प्रदर्शनी हुने भएको छ ।

पोखराको लेकसाइडस्थित होटल वाराहीमा अपरान्ह ४ बजे सुरु हुने कार्यक्रम द हिडन सोल अर्थात् अन्तरआत्मा भन्ने थिममा आयोजना हुन लागेको हो । कार्यक्रमको युवा र बालबालिकामा आत्मविश्वास जगाउने उद्देश्य राखेको ग्यालरीकी सञ्चालिका हेमकान्ती गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिइन् । हालै मात्र पोखरामा भएको यति एयरलाइन्सको एटिआर ७२ विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिको कामना पनि प्रदर्शनीमा प्रतिविम्बित हुने कार्यक्रमकी सञ्चार सल्लाहकार कविता श्रेष्ठले जानकारी दिइन् ।

इन्टरनेसनल वाटर कलर सोसाइटी ग्लेबल नेटवर्क सन् २०२० मा अट्नर डोगनद्वारा स्थापित संस्था हो । पानी रङको कलालाई प्रवद्र्धन गरी लोकप्रिय बनाउन यो संस्थाले काम गर्दै आएको छ । यही संस्थाको नेटवर्कअन्तर्गत सन् २०२१ मा हेमकान्ती आर्ट ग्यालरी स्थापना भएको हो ।

यो संस्थाले ग्लोबल वाटरकलर दिवसको अवसरमा पहिलो अन्तराष्ट्रिय समूह चित्रकला प्रदर्शनी हार्ट टु हार्ट २०२२ र राष्ट्रिय चित्रकला प्रदर्शनी नो गट्स नो स्टोरी–१ गरिसकेको छ । प्रदर्शनीले युवा कलाकारलाई अन्तर्राष्ट्रिय रुपमा अवसर दिने र नेपालको कलालाई विश्वमा प्रवद्र्धन गर्ने लक्ष्य राखेको कार्यक्रम संयोजक एवं आइडब्लुएस प्रतिनिधि ज्योति गुरुङले जानकारी दिइन् ।

आइडब्लू एस ग्लोबल र आइडब्लु एस ग्लोबल वाटरकलर दिवसको ११ औं वार्षिकोत्सवको अवसरमा नो गट्स नो स्टोरीको दोस्रो श्रृंखलाको रुपमा द हिडन सोल फेसन फ्युजन कला प्रदर्शनी र चित्रकला प्रदर्शनी आयोजना गर्न लागिएको हो । भित्तामा चित्र झुण्ड्याएर गरिने प्रदर्शनी हेर्दै आइएकोमा त्यसभन्दा फरक खालको फेसन फ्युजन प्रदर्शनमा फेसनसम्बन्धी कलालाई प्रत्यक्ष सजाएर प्रस्तुत गरिने छ । फेस पेन्टिङको कला पनि कार्यक्रम समावेश गरिएको छ ।

फेसन र कलालाई सँगै प्रस्तुत गर्न लागिएको प्रदर्शनीमा ४ वर्षदेखि ३६ वर्ष उमेर समूहका कलाकारको सहभागिता हुनेछ । नयाँ पुस्तामा लुकेको क्षमता उजागर गर्ने र कोभिड १९ बाट विक्षिप्त भएकाहरुलाई उत्साह भर्न पनि प्रदर्शनीले सघाउने विश्वास आयोजकको छ । पानी रङ र फरक खालको कलालाई प्रवद्र्धन गर्न प्रदर्शनीले सघाउने बुद्धिज् एट्लियरका सञ्चालक बुद्धि गुरुङले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja