सभामुख घिमिरे लिए राष्ट्रपति भण्डारीबाट गोपनीयताको शपथ



पोखरा

नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुख घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको थियो । एमालेका नेता रहेका घिमिरे सत्तारुढ दलको समर्थनमा सभामुखमा निर्वाचित भएका हुन् । शपथ ग्रहणपछि उनी लैनचौरस्थित शहीदको शालिकमा माल्यार्पण गर्न जाने र त्यसपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja