अमेरिकी दूतावासद्वारा पोखरा विमान दुर्घटनाप्रति दु:ख व्यक्त



पोखरा

अमेरिकी दूतावासले पोखरामा भएको विमान दुर्घटनाप्रति दु:ख व्यक्त गरेको छ ।

दूतावासले ट्वीट गर्दै पोखरामा भएको दुर्घटनाले मर्माहत बनाएको बताएको छ । ‘आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबाट हामी अत्यन्त मर्माहत भएका छौं’, दूतावासले ट्वीट गरेको छ । दूतावासले मृतकका परिवारलाई समवेदनासमेत व्यक्त गरेको छ । साथै, विमान दुर्घटनामा कुनै पनि अमेरिकी नागरिक नपरेको बताएको छ ।

आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको ९एन एएनसी एटीआर ७२ जहाज सेती खोचमा दुर्घटना भएको थियो । जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja