वाणिज्य बैंकले माघमा ब्याजदर घटाउने



पोखरा

वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् ।

बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि  एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १५ दशमलव ३३ प्रतिशतसम्म ब्याज रहेको छ ।

माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागततर्फ नौ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोक्नेछन् । बैंकर्स सङ्घको अध्यक्षमा सुनिल केसी चयन भएका छन् ।

बुधबार सम्पन्न विशेष साधारणसभामा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृतमा केसी सर्वसम्मतरूपमा अध्यक्षमा चयन भएका हुन् । यसअघि  केसी सङ्घको उपाध्यक्ष रहेका थिए । यसअघिका अध्यक्ष अनिलकुमार उपाध्याय कृषि विकास बैंकबाट बाहिरिएसँगै सङ्घको अध्यक्ष पद खाली भएको थियो ।

प्रमुख कार्यकारी अधिकृत कार्यकाल सकिएपछि सङ्घको अध्यक्ष पदसमेत स्वतः रिक्त रहने व्यवस्था रहेको छ । नयाँ कार्यसमितिअन्तर्गत बैंकर्स सङ्घको उपाध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला सर्वसम्मत चयन भएका छन् ।

यसैगरी सङ्घको कार्यकारी सदस्यमा लक्ष्मी बैंकका  अजयविक्रम शाह, नेपाल एसबिआई बैंकका दीपककुमार दे, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, एनआईसी एसिया बैंकका  रोशनकुमार न्यौपाने, एभरेष्ट बैंकको सुदेश खालिङ र सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja