सांसद कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का



पोखरा

नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ ।

दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने बताइएको छ । यद्यपी अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन् । पार्टीभित्र उनलाई सभामुख बन्न दवाव बढेको हो । धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताएका छन् । ‘उहाँलाई सभामुख बन्नुस भनेका छौं । अझै मन्त्रीकै पक्षमा हुनुहुन्छ,’ एक सांसदले भने .  ‘तर पार्टीले निर्णय गरेपछि स्वीकार गर्छु भन्नुभएको छ ।’ गण्डकीमा पाँचै वर्ष सभामुख माओवादीले पाउने निर्णय शीर्ष नेताहरुको छ ।

यहाँको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले सपथ लिइसकेका छन् । माओवादीबाट दलका नेता चुमानले सरकारमा प्रतिनिधित्व गरेका छन् । सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भैसक्नुपर्ने व्यवस्था छ । १८ पुसमा बसेको पहिलो बैठक हिसाव गर्दा २ माघ कटाउन मिल्दैन । सकेसम्म विदाकै दिन भएपनि बैठक बसेर सभामुख चयन गरिने संसद सचिवालयले जनाएको छ । यद्यपी दलहरुबीच बैठक बस्न बाँकी रहेको बताइएको छ । धिताल गोरखा १ (१) बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja