गोरखाको नाम परिवर्तन गरी पृथ्वीनारायण शाह राख्न राप्रपाको माग



पोखरा

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण शाहको नाम राख्न माग गरेका छन् ।

राष्ट्र निर्माता निर्माता पृथ्वीनारायण शाहलाई राज्यकोतर्फबाट दिइने सम्मानमा कुनै कञ्जुस्याइँ गरिन नहुने भन्दै उनले यस्तो माग गरेका हुन् । ‘गोरखा नेपाली इतिहासको ऐतिहासिक भूमि रहेकोमा कसैको विमति छैन । जिल्लाको नामाकरण नै गोरखा छ, यसले हाम्रो गौरव प्रतिबिम्बित गरिरहेको छ’, उनले भने, ‘पृथ्वी भूमि भएको नगरपालिकाको नाम गोरखा कायम राखिराख्नु जरुरी छैन, नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका बनाऔं ।

’सदरमुकाम क्षेत्र भएको नगरपालिकाको नाम शुरुआती अवस्थामा पृथ्वीनारायण नगरपालिका नै राखिएको स्मरण गर्दै श्रेष्ठले अकारण नाम परिवर्तन गरिएको पनि बताए । ‘नेपाल सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको पुनः थालनी गरेको परिवर्तित सन्दर्भमा गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्न गोरखा नगर कार्यकारिणी समिति, गोरखाका आम बुद्धिजीवी, व्यवसायी लगायत आम गोरखाबासीको ध्यानाकर्षण गराउँदछु’, उनले भने । पुस २७ गते पृथ्वीजयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja