नवलपुर जिल्ला प्रशासनद्वारा विपन्न परिवारलाई कम्बल वितरण



पोखरा

पूर्वी नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले जाडोले कठांग्रिएका विपन्न परिवारलाई १० लाख मूल्य बराबरको कम्बल वितरण गरेको छ । 

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले गृहमन्त्रालयको विपद् कोषबाट प्राप्त १० लाख रुपैयाँले यहाँका ८ वटा पालिकाका विपन्न परिवारलाई कम्बल खरिद गरेर बाँडिएको जानकारी दिए । एक सातादेखि बढ्दो जाडोले कठांग्रिएका परिवारको पहिचान गरी हरेक घरमा एउटा–एउटा कम्बल बाँडिएको उनले बताए । गत दुई दिनमा यहाँका ९ सय ८० घरपरिवारलाई कम्बल बाँडिएको हो ।

रेडक्रसका प्रतिनिधि र स्थानिय वडाध्यक्षको रोहबरमा विपन्न परिवारलाई कम्बल बाँडिएको हो । जाडोबाट बचाउन भन्दै गृह मन्त्रालयले हरेक जिल्लामा पहिलो चरणका लागि १०, १० लाख रुपैयाँ जिल्ला विपद् कोषमा पठाएको छ । जिल्ला प्रशासन कार्यालयले चिसोबाट जोगाउन भन्दै अघिल्लो साता यहाँका चोकचोकमा दाउरा बाँडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja