जातीय विभेदजन्य गालीगलौजको आरोपमा पोखरा २४ का वडाध्यक्ष पक्राउ



पोखरा

पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलले मंगलबार पक्राउ गरेको हो । 

आफ्नै वडाध्यक्ष जातीय विभेदजन्य गालीगलौजमा उत्रिएपछि पोखरा महानगरपालिका–२४ की दलित महिला सदस्य मैया नेपालीले आइतबार उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

नेपालीका अनुसार वडाले लक्षित समूहका लागि छुट्ट्याएको ५ लाख रुपैयाँमध्ये महिलालाई ४ लाख र दलितलाई १ लाख रुपैयाँ विनियोज गरेको थियो । महिलालाई छुट्ट्याइएको बजेट खर्च गर्न महिला भेला गरेर योजना निर्धारण गर्ने तय गरिएको थियो । पुस १८ मा छलफलका लागि महिला भेला बोलाइएकोमा वडाध्यक्षले एकलौटी रुपमा एक हस्तकला प्रशिक्षकलाई ल्याएर तालिम उद्घाटनको नाम दिए । महिला सदस्यले विरोध जनाए । दलित महिला वडा सदस्य नेपालीले पनि विरोध जनाउने क्रममा वडाध्यक्ष अधिकारीले तथानाम गाली गरेको महिलाले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।

वडाध्यक्ष अधिकारीले वडा सदस्यको हैसियत अध्यक्षको जस्तो नहुने भन्दै वडाले दिएको बजेटमा चित्त बुझाएर बस्न भन्दै धम्की दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja