चितवनमा एक दम्पती मृत अवस्थामा फेला



पोखरा

चितवन भरतपुर महानगरपालिका–२९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७÷२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४÷२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।

अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमती मारेर आफू झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् । उनीहरुका बीचमा घरमा झैझगडा भैरहने गरेको एक स्थानीयले बताए । प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने, श्रीमती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja