एफए कप फुटबल: म्यानचेस्टर सिटी चौंथो चरणमा प्रवेश 



पोखरा

एफए कप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीलाई ४-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी चौंथो चरणमा प्रवेश गरेको छ।

सिटीको जितका लागि रियाद महरेजले दुई गोल गरे भने जुलियन अल्भारेज र फिल फोडेनले एक-एक गोल गरे। खेलको २८ औं मिनेटमा महरेज, ३० औं मिनेटमा अल्भारेज र खेलको ३८ औं मिनेटमा फोडेनले गरेको गोलमा पहिलो हाफमा उसले ३ शून्यको अग्रता कायम गरेको थियो। त्यसपछि दोस्रो हाफको ८५ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-० को जित दिलाएका हुन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja