घट्यो पेट्रोलियम पदार्थको मूल्य



पोखरा

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गरेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने नयाँ मूल्यदर अनुसार पेट्रोल लिटरको १७५ रुपैयाँ कायम भएको छ । त्यसैगरी डिजेल र मट्टीतेल पनि लिटरको १७२ रुपैयाँ कायम भएको छ । डिजेल र पेट्रोल दुबैको मूल्य ३-३ रुपैयाँले घटेको हो ।

त्यसैगरी निगमले हवाई इन्धनको मूल्य पनि आन्तरिक उडानतर्फ प्रति लिटर २० र बाह्य उडानतर्फ ३० रुपैयाँले घटाएको छ । खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत नै रहेको छ । केही दिन अघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मुल्य घटाउन निर्देशन दिएका दिए । अन्तर्राष्ट्रिय मूल्यमा भारी कटौती हुँदा पनि निगमले भने सर्वसाधारणलाई कुनै सहुलियत दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja