कांग्रेसका कास्की सभापति बराललाई कारबाहीको माग गर्दै उजुरी



पोखरा

नेपाली कांग्रेसका कास्की सभापति किशोरदत्त बराललाई कारबाहीको माग गर्दै जिल्ला अनुशासन समितिमा बुधबार उजुरी परेको छ । बराललाई भर्खरै सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन र वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा कोठे बैठक गरेर संगठन अलपत्र पारी केन्द्रको नीति अनुसार अगाडि नबढेको भन्दै कारबाहीको माग गरिएको हो । सभापति बरालमाथि १० वटा बुँदामा आरोप लगाउँदै निर्वाचनमा गठबन्धन र पार्टीका उम्मेदवारलाई अन्तर्घात, असहयोग गरेकाले सशक्त कारबाहीको माग गरिएको छ ।

निर्वाचनमा गुटगत कार्यकर्तामात्र परिचालन, चन्दा आतंक, समानुपातिक मत माग्न मतदाता शिक्षा दिन प्रयास नगरिएको, व्यक्तिगत प्रचारप्रसार, भिडिओ अपिल तयार गरी एक्लै हिँडेर गठबन्धन र पार्टीका उम्मेदवारलाई अन्योलमा पारेर विपक्षलाई सहयोग गरेको आरोप उनीमाथि लगाइएको छ ।

सभापति बराल मंसिर ४ मा सम्पन्न निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । स्थानीय निर्वाचनमा कांग्रेसबाट पोखरा महानगरपालिकाकी उम्मेदवार कोपिला रानाभाट हारेसँगै कास्की कांग्रेसमा अन्तर्घातको आरोप प्रत्यारोप चुलिएको हो । पूर्वसभापति केसीले भने आफूमाथि निराधार आरोप लगाइएको दाबी गरेका छन् ।

‘मेरो व्यक्तिगत कमजोरी हुन सक्छ । तर, उहाँले गरेको कमजोरीहरु सिंगो कास्की कांग्रेसको कमजोरी हो,’ उनले भने, ‘म आफू नचल्न सक्छु । उहाँ नचल्दा त सिंगो संगठन चल्दैन ।’ उनले आफूमाथि लागेको आरोप भोलि आधिकारिक रुपले आइसकेपछि आफूले जवाफ दिने र आफूमाथि प्रश्न गर्नेलाई पनि आफूले त्यतिबेलै प्रश्न गर्ने बताए ।

c

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja