माओवादी गण्डकी प्रदेश दलको नेतामा हरिबहादुर चुमान



पोखरा

गण्डकी प्रदेशसभामा माओवादी केन्द्रबाट संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत भएका छन ।

पार्टीले उनलाई सर्वसम्मत्रुपमा दलको नेता बनाउने निर्णय गरेको हो ।चुमानका अनुसार आइतबारै बस्ने संसदीय दलको बैठकले पार्टीको उक्त निर्णयलाई पारित गर्नेछ । ‘पार्टीले सर्वसम्मत्रुपमा दलको नेतामा मलाई निर्णय गरेको छ, ’ उनले भने, ‘आइतबार संसदीय दलको बैठक बसेर पारित हुनेछ ।’ चुमान तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट निर्वाचित भएका हुन् ।

२०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तत्कालीन अवस्थामा पनि उनी संसदीय दलको नेता चुनिएर एमालेसँगको गठबन्धनमा प्रदेशको कानुनमन्त्री बनेका थिए । पछि कांग्रेससँगको गठबन्धनमा भने उनी मन्त्रीमण्डलमा सहभागी भएनन ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा माओवादी ८ सदस्यसहित तेस्रो स्थानमा रहेको छ । पछिल्लो गठबन्धनमा चुमानले मुख्यमन्त्रीमा दाबी गर्दै आएका भए पनि एमालेका खगराज अधिकारीको सम्भावना बढी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja