आङसाङ सुकीलाई थप सात वर्ष जेल सजाय



पोखरा

म्यानमारको सैन्य अदालतले नेतृ आङसाङ सुकीलाई थप सात वर्ष जेल सजाय सुनाएको छ । यो सँगै ७७ वर्षकी सुकीको जेल सजाय ३३ वर्ष पुगेको छ ।

गएको हप्ता संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सुकीलाई रिहा गर्न आग्रह गरेपछि म्यानमारको अदालतले सुकीलाई लगाइएका अन्तिम पाँच आरोपमाथि सुनुवाइ सुरु गरेको थियो । म्यानमारका सहयोगी देशहरु चीन र रुसले समेत भिटो प्रयोग नगरेका कारण सुकीलाई रिहा गर्ने अपेक्षा गरेकोमा थप सात वर्षको सजाय सुनाएको बीबीसीले जनाएको छ ।

चुनाव जितेकी सुकीको सरकारलाई सेनाले २०२१ को फेब्रुअरीमा अपदस्त गरी सैन्य सरकार गठन गरेको थियो । सरकार अपदस्त भएदेखि नै नजरबन्द र जेलमा रहनुभएकी सुकीमाथि सेनाले १९ वटा आरोप लगाएको थियो । तत्कालीन सरकारका एक मन्त्रीले हेलिकप्टर भाडामा लिँदा नियम पालना नगरेको आरोपमा पनि सुकीलाई भ्रष्टाचारमा दोषी ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja