बारपाकमा ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया



पोखरा

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबैको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए । शिविरमा चार सय ५० जनाले आँखाको निःशुल्क उपचार सेवा लिएको उनको भनाइ छ । शिविरमा ९७ वर्षकी वृद्धाकोसमेत मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए ।

त्यस्तै दुवै आँखाको दृष्टि गुमाएकी ७७ वर्षीय थरमाया विकको दुवै आँखाको मोतियाविन्दुको शल्यक्रिया सफल भएको उनले जानकारी दिए । झण्डै चार वर्षदेखि दृष्टि दुवै आँखाको दृष्टि गुमाएकी विक शल्यक्रिया सफल भएपछि दृष्टि फिर्ता भएकामा खुसीले गद्गद् भएकी थिइन् ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोग तथा बारपाकस्थित बौद्ध बहुद्देश्यीय सहकारी संस्था, मुटु फाउण्डेसन काठमाडौँ र मनोज एशोसिएसन फ्रान्सले सहयोग शिविर सम्पन्न भएको हो । शिविरमा उपचार गराएकालाई आवश्यकताका आधारमा चस्मा र औषधिलगायत निःशुल्क वितरण उनले जानकारी दिए । गाउँपालिकाको समन्वयमा पालिकाभित्रका वडा नं ३ देखि ८ सम्मका वडामा भने यसअघि नै निःशुल्क आँखा शिविर सम्पन्न भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja