गण्डकी प्रदेशसभाका लिए सांसदहरुले शपथ



पोखरा 

गण्डकी प्रदेशसभाका नव निर्वाचित सांसदहरुले शपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराएका हुन् । ५६ सांसदले नेपाली भाषा र ३ जनाले मातृ भाषामा शपथ लिएका हुन् । 

कास्कीकी सरस्वती गुरुङ र स्याङ्जाका पञ्चराम गुरुङले गुरुङ भाषा तथा लमजुङकी पार्वती तामाङले तामाङ भाषामा शपथ लिएकी हुन् । गोरखाका सांसद नन्द प्रसाद न्यौपानेले भागवत गीतालाई हातमा लिएर शपथ लिएका छन् । ज्येष्ठ सांसद बस्याललाई बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja