अमेरिकामा चिसोबाट ४८ जना को मृत्यु



पोखरा

अमेरिकामा चिसोबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ। न्युयोर्क राज्यको बफेलो शहरमा मात्रै गत २४ घण्टामा २७ जनाको मृत्यु भएको हो । सडकको हिउँ पन्छाउन सकिने अवस्था समेत नहुँदा बफेलो शहर युद्ध क्षेत्र जस्तो बनेको छ । हजारौं मानिसहरु घरभित्रै थुनिएका छन् । सडकमा रहेका गाडीहरु समेत हिउँमा पुरिएका छन् ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले मंगलबार पनि थप हिमपात हुने चेतावनी दिएको छ । घरमा थुनिएका मानिसहरुको उद्धार गर्ने अवस्था समेत नरहेकाले थप मानिसको मृत्यु हुने सक्ने अनुमान गरिएको छ । सोमबार पनि २ हजार बढी उडानहरू रद्द गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja