अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त



पोखरा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रचण्डलाई प्रतिनिधिसभाका १७० जना सांसदको समर्थन रहेको छ । प्रचण्डले ती सांसदहरुको समर्थनसहित राष्ट्रपतिसमक्ष दावी पेश गरेका थिए । उनलाई माओवादी र एमालेसहित रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र राष्ट्रिय उन्मुक्त पार्टीले समर्थन गरेका हुन् ।

देउवा–प्रचण्डको सत्ता समीकरण भत्किएपछि ओलीको सहयोगमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री (२०६५ सालमा) बनेका प्रचण्डको यो तेस्रो पटक हो । यसअघि २०७३ सालमा पनि उनी प्रधानमन्त्री बनेका थिए ।

पहिलो पटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्रीका चालचलन, तौरतरिका र कामहरुबारे बुझ्दाबुझ्दै कामै गर्न नपाई सरकार ढलेको उनी आफैँले बताउँदै आएका छन् । यद्यपी, उनको पहिलो प्रधानमन्त्री कालमा पशुपतिको भट्ट परिवर्तन र नेपाली सेनामा वरियता क्रम मिचेर तेस्रो वरियताकालाई सेनापति बनाउन खोज्दा निकै विवाद झेल्नु परेको थियो ।

दोस्रो कार्यकाल भने खासै विवादिन रहेन । दोस्रो कार्यकालमा उनले हिमालदेखि मधेससम्म सबैलाई एकताबद्ध बनाउन सफल भएको बताउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja