त्रिवि केन्द्रीय विभागले पुस १७ गतेदेखि हिउँदे बिदा दिन पाउने



पोखरा

त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुले पुस १७ गतेदेखि हिउँदे बिदा दिन पाउने भएका छन् ।

त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुले पुस १७ गतेदेखि बढीमा २२ दिन बिदा दिन सक्ने जनाएको छ ।

महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा त्रिवि कार्यकारी परिषदको निर्णय अनुसार केन्द्रीय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुमा पूर्व व्यवस्था अनुसार शिक्षक र विद्यार्थीलाई दिंदै आएको हिउँदे बिदा यो वर्ष आ–आफ्नो निकायको अनुकूलता (परीक्षा, कक्षा सञ्चालन आदि अवस्था) हेरेर पुस १७ गतेदेखि दिन सक्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja