नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय



पोखरा

नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिए।

उनका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट संकलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ४८ नमुना परीक्षण गर्दा सबैमा ओमिक्रोन भेरियन्ट फेला परेको उनले बताए ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले केही देशमा सङ्क्रमणको नयाँ भेरियन्ट पुष्टि हुँदै फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशसँग समन्वय गर्ने कार्य भइरहेको जानकारी दिए । नेपालमा कोभिड–१९ को सङ्क्रमण कम भए पनि विश्वव्यापी रुपमा हेर्दा केही देशहरुमा भने सङ्क्रमणको नयाँ स्वरुप बढिरहेकाले जोखिम रहेको मन्त्रालयले जनाएको छ । हाम्रै छिमेकी देशहरुमा सङ्क्रमणको पछिल्लो अवस्थाबाट हामी सुसूचित हुँदै सजग हुन आवश्यक रहेको उनले बताए । 

कोभिड-१९ को सङ्क्रमणको जोखिम फरक स्वरुपमा देखिरहेकाले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले सबैलाई मास्कको प्रयोग गर्न, एक अर्काबीच भौतिक दूरी कायम राख्न र व्यक्तिगत हातको सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेको छ । मन्त्रालयले सबै सिमानाका विन्दुका स्वास्थ्य सहायता कक्षहरुमा स्क्रिनिङ, निगरानी, सतर्कता एवम् आवश्यक तयारी गर्न आग्रह गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja