‘पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदैछ’



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा खेलकुदको सहरका रूपमा विकास हुँदै गएको बताएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित १५औँ संस्करणको हिसान स्पोर्ट्स मिटको आज पोखरामा उद्घाटन गर्दै उनले पोखरामा हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता एवं खेल गतिविधिले यसलाई खेलकुदको संस्कृतियुक्त सहरका रूपमा स्थापित गर्न सहयोग गरेको बताएका हुन् ।

पोखरालाई खेलकुद राजधानीको सहरका रूपमा घोषणा गर्न प्रदेश सरकारले पटक–पटक आफ्ना कुरा सङ्घीय सरकारलाई अघि बढाएको उनले बताए। हिसानले शिक्षा क्षेत्रसँगै खेलकुदको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

हिसानका केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्य सचिव रमेश सिलवालले खेलकुदमा कहिल्यै पनि राजनीतिमा जस्तो हार वा जित नहुने बताए । खेलकुदले एकताको विकास गर्न अहम् भूमिका खेल्ने उल्लेख गर्दै उहाँनले हिसानले आगामी दिनमा राष्ट्रियस्तरको फुटसल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्का, हिसान स्पोर्ट्स मिटका संयोजक डा रामजी शर्मालगायतले शिक्षासँगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्ट्स मिटलाई निरन्तरता दिँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja