गण्डकीमा २ जिल्लाबाट मात्रै २२ सांसद



पोखरा

गण्डकी प्रदेश सभामा ६० सांसद रहन्छन् । संविधान अनुसार ३६ जना प्रत्यक्ष निर्वाचित र २४ जना समानुपातिक सांसद रहने व्यवस्था छ ।

यहाँका ११ जिल्लामध्ये कास्कीमा मात्रै ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छ भने ५ जिल्लामा २ क्षेत्र र बाँकी ५ जिल्लामा ४ निर्वाचन क्षेत्र तोकिएको छ । सोही अनुसार सांसदहरु निर्वाचित भएर आइसकेका छन् । अघिल्लो प्रदेश सभामा कास्कीबाट मात्रै १३ जना सांसद थिए । ६ प्रत्यक्ष र ७ समानुपातिक सांसद निर्वाचित भएका थिए । अहिले पनि अधिकांश सांसद २ जिल्लामा मात्रै सीमित भएका छन् । केही जिल्लामा समानुपातिक सांसद शून्य छन् भने २ जिल्लाबाट मात्रै अधिक सांसद भएका छन् ।

अन्तिम नतिजा अनुसार कास्की र बागलुङमा सर्वाधिक धेरै २२ सांसद छन् । दुवै जिल्लाबाट ११-११ सांसद चुनिएका हुन् । कास्कीमा एमालेका ८ सांसद छन् भने कांग्रेसका ३ सांसद छन् । बागलुङमा कांग्रेसका ६, एमालेका ४ र माओवादीका १ सांसद छन् ।

समानुपातिक तर्फ एमालेले १० सीट मध्ये कास्की र बागलुङबाट मात्रै ८ सांसद बनाएको थियो । एमालेबाट समानुपातिक तर्फ ६ जिल्लामा सांसद निल छ । मनाङबाट २, मुस्ताङबाट २, गोरखाबाट ५, लमजुङबाट ५, तनहुँबाट ४ सांसद छन् । यस्तै, स्याङजाबाट ८, पर्वतबाट ३, नवलपुरबाट ६ र म्याग्दीबाट ३ सांसद चुनिएका छन् ।

समानुपातिक तर्फ मनाङ, मुस्ताङ र तनहुँ निल भएको छ । कुनैपनि दलले यि जिल्लामा समानुपातिक सांसद बनाएका छैनन् । गण्डकीमा २७ सीट सहित कांग्रेस पहिलो दल बन्दा २२ सीट सहित एमाले दोश्रो, ८ सीट सहित माओवादी तेश्रो, २ सीटको राप्रपा चौंथो र १ सीटको एकीकृत समाजवादी पाँचौ शक्ति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja