विश्व च्याम्पियन मेसी अझै एक वर्ष पिएसजीमा रहने



पोखरा

विश्व च्याम्पियन लियोनल मेसीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग एक वर्षको सम्झौता नविकरण गर्ने भएका छन् ।

मेसीले सन् २०२४ सम्म फ्रेन्च राजधानी बस्ने निर्णय गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । गत आइतबार मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेको थियो । मेसीले आफ्नो खेल जिवनमा पहिलो पटक विश्वकपको ट्रफी उचालेका थिए ।

३५वर्षीय मेसी विश्वकपसँगै करियरमै उच्च लयमा छन् । मेसी सन् २०१५ पछि च्याम्पियनन्स लिग उपाधि जित्ने योजनामा छन् । बार्सिलोनाका उपाधिको चाङ लगाएका मेसी पिएसजीमा समेत सोहि अवस्था सिर्जना गर्न चाहन्छन् । अहिले भने मेसी अर्जेन्टिनाको विजयी र्यालीमा समावेश छन् । उनि अझै केहि साता अर्जेन्टिनामै रहन सक्छन् । मेसी फर्किएसँगै सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । पिएसजी अध्यक्ष नासिर अल खेलाफि र स्पोर्टस् डाइरेक्टर लुइस काम्पोस तयार अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja