पृथ्बीनारायण क्याम्पसको सहिद स्मृति पार्कको उद्घाटन



पोखरा

अनेरास्ववियू (क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समितिले हालै निर्माण गरेको “सहिद स्मृति पार्क“को मंगलबार एक समारोहका बिच उद्घाटन गर्दै मन्त्री बरालले क्याम्पसको केही क्षेत्रमा हाल झाडीले ढाकिएकोले त्यसमा विभिन्न प्रकारका फुल सहितको सौन्दर्यकरण गर्न आवश्यक भएको बताएका हुन्।

राष्ट्रको परिवर्तनको लागि योगदान दिएका शहिदहरुलाई यो पार्टी वा त्यो पार्टी भन्दा पनि सबैले सम्मान गर्नुपर्ने मन्त्री बरालको भनाई थियो। क्याम्पसमा गुणस्तरिय र प्राविधिक शिक्षाको व्यबस्था गर्नु आजको आवश्यकता भएको उनको भनाई थियो।

कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले क्याम्पसमा शहिद पार्क निर्माण हुनु क्याम्पसको सम्पत्ति भएको बताउदै पार्कमा थप बेन्च आवश्यक भएकोले त्यसको व्यबस्था मिलाउन मन्त्री समक्ष आग्रह गरे। मन्त्री बरालको बिषेश पहलमा गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त शहिद स्मृति पार्क निर्माण भएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja