राप्रपाका राणाले लिए राष्ट्रपतिबाट ज्येष्ठ सदस्यको सपथ



पोखरा

प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । बुधबार शीतल निवासमा राष्ट्रपति भण्डारीले राणालाई सपथ गराएकी हुन् ।

बिहीबार ज्येष्ठ सदस्य राणाले दुई सय ७४ प्रतिनिधिसभा सदस्यलाई सपथ गराउने छन् । निर्वाचन आयोगमा भरेको व्यक्तिगत फारममा महिन्द्र राय यादवको उमेर ८५ वर्ष उल्लेख थियो । तर, उनले आफ्नो नागरिकतामा उमेर धेरै भएको भन्दै सपथ नलिने जानकारी गराएपछि आयोगले संसद् सचिवालयलाई ८१ वर्षीय राणालाई ज्येष्ठ सदस्यको नाम पठाएको थियो ।

सोही नाम संसद् सचिवालयले राष्ट्रपतिलाई बुझाएपछि बुधबार राणाले सपथ लिएका हुन् ।संसद् सचिवालयले ७ पुस  प्रतिनिधिसभा सदस्यहरूको सपथ हुने सूचना जारी गरेको छ । राष्ट्रपति भण्डारीले आगामी १० पुससम्म प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेकाले अब बिहीबारदेखि दलहरू सरकार गठनको गृहकार्यमा जुट्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja