‘कांग्रेसले सबैलाई मिलाउन सक्ने नेतालाई संसदीय दलमा चयन गरेको छ ’



पोखरा

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले सबैलाई मिलाएर लैजान सक्ने नेतालाई संसदीय दलको नेता चयन गरेको बताएका छन्।

आज सम्पन्न कांग्रेसको संसद‍ीय दलको चुनावबाट सभापति शेरबहादुर देउवा निर्वाचित भए पछि पत्रकारसँग उनले देउवा नै सबैलाई मिलाएर लैजान सक्ने नेता भएको प्रतिक्रिया दिए।

‘अनेक आलोचना र नकारात्मक कुरा भइरहँदा पनि उहाँबाट गलत टिप्पणी र नकारात्मक सोच कहिले रहेन’, महतले भने, ‘सबैलाई मिलाएर लानुभयो। टिकट पनि सबैलाई मिलाएर दिनु भयो। सबैको समझदारीमा पार्टीलाई अगाडि बढाएर लैजानु भयो।’

उनले देउवाकै नेतृत्वमा सत्ता गठबन्धनको सरकार बन्ने संकेत पनि गरेका छन् । ‘उहाँकै नेतृत्वमा गठबन्धनको बहुमतको छेउमा छौँ। हाम्रो पार्टीका सांसद साथीहरु परिपक्व छन्। परिपक्व साथीहरु जनताबाट निर्वाचित भएर आएका हुन्’, उनले भने, ‘कांग्रेसले अनुभवी र जोड्ने नेतृत्वलाई निर्वाचित गरेको छ। कुरा होइन काम गर्ने नेतृत्वलाई चुनेको छ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja