मलेसियामा बाढीमा परी ५ जनाको मृत्यु



पोखरा

मलेसियाका केही भागमा परेको भीषण वर्षापछिको बाढीमा परी ५ जनाको मृत्यु भएको छ ।

बाढीका कारण अरु ५६ हजार एक सय ५९ जना विस्थापित भएका छन् । सरकारले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशका पाँच वटा राज्यमा बढीमा परी १५ महिनाको एक बालकसहित पाँच जनाको मृत्यु भएको छ ।

बाढीबाट पूर्वी तटका केलान्तान र तेरेन्गानु राज्य अधिक प्रभाावित भएका छन् । केलान्तानमा १७ हजार तीन सय २६ जना तथा तेरेन्गानु राज्यमा मा ३७ हजार सात सय ९२ जना विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रका नदीमा पानीको सतहले खतराको स्तर नाघेको छ । पहाङ, जोहर र पेराक राज्य पनि बाढीबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja