महामन्त्री गगन थापाद्वारा उम्मेदवारी दर्ता



पोखरा

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दिउँसो संसदीय दलको कार्यालयमा गएर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।  उनको उम्मेदवारीमा प्रस्तावक डा. शेखर कोइराला रहेका छन् । शेखर कोइरालाको प्रस्ताव तथा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको समर्थनमा गगनले संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउन कोइराला पनि सिंहदरबार पुगेका थिए । संस्थापन पक्षको तर्फबाट सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउँदैछन् । कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja