स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा: मुख्यमन्त्री पोखरेल



पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वतन्त्र प्रेस सधैँ सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले लोकतन्त्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएको बताए  । सरकार सधैँ स्वतन्त्र प्रेसका पक्षमा रहेको बताउँदै उनले बन्ने कानुन पनि प्रेसमैत्री हुनुपर्नेमा जोड दिए ।

गण्डकीमा सञ्चार विधेयक ल्याउनका लागि तयारी भए पनि यस कार्यकालमा सम्भव हुन नसकेको बताउँदै उनले उक्त विधेयकलाई प्रेसमैत्री बनाउने कुरामा आफू निरन्तर लागिरहेको जानकारी दिए । विकाससँग पत्रकारलाई जोड्नुपर्ने आवश्यकता औँल्याउँदै उनले पछिल्ला समयमा यो सोच विस्तार हुँदै गएको बताए ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले महासङ्घ निरन्तररूपमा स्वतन्त्र प्रेसका पक्षमा सङ्घर्ष गरिरहेको बताए । महासङ्घका आगामी दिनमा हुने साधारणसभामा परम्परागत शैलीलाई परिमार्जन गर्दै यस क्षेत्रको सुधारका पक्षमा छलफल तथा अन्तक्र्रिया हुने किसिमले अघि बढाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja