पोखराको बाराहीघाट, लेकसाइडमा पुस ६ देखि लिटरेचर फेस्टिभल



पोखरा

यही पुस ६ गतेदेखि ११ गतेसम्म पोखराको बाराहीघाट, लेकसाइडमा दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिभल आयोजना हुने भएको छ ।

दशौँ संस्करणको कार्यक्रममा यस वर्ष एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पनि आउने भएका छन् । फेस्टिभलका दुई सत्रमा गगन थापा वक्ताका रुपमा रहने आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।

महामन्त्री थापाले ‘काठमान्डु कथा’ शीर्षक सत्रमा लेखक बुद्धिसागरसँग संवाद कार्यक्रम रहेको आयोजकले जनाएको छ । यस सत्रमा बाहिरी जिल्लाबाट काठमाडौँ गएका र काठमाडौँमै बसेका व्यक्तिले भोगेको काठमाडौँ कोसमाज एवम् जनजीवनबारे छलफल हुने फाउन्डेसनले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja