पोखरामा वृद्धाहरुको सुनका गहना चोरी गर्ने एक महिला पक्राउ



पोखरा

पोखराका विभिन्न स्थानबाट वृद्धाहरूलाई फकाई फुलाई घाँटी तथा कानमा लगाएको सुनका गहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले पर्वत जिल्ला मोदी गाउँपालिका -६ घर भइ हाल पोखरा महानगरपालिका -४ गणेश टोल बस्दै आएकी ३४ वर्षीया टिका श्रेष्ठलाई पक्राउ गरेको हो।

कास्कीका प्रहरी निरिक्षक तथा सूचना अधिकारी ज्ञान बहादुर खड्काका अनुसार श्रेष्ठले चोरी गर्ने गरेको भन्ने उजूरीका आधारमा वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले चोरीका धनमाल सहित उनलाई पक्राउ गरेको हो। उनीमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थपको अनुमति लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रवक्ता खड्काले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja