पोखरामा स्पेनिस टोली र गण्डकी-११ बीच मैत्रीपूर्ण फुटवल हुने



पोखरा

स्पेनिस टोली र गण्डकी-११ बीच पोखरामा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । स्पेनको ‘बी’ डिभिजन क्लव काथेरेन्यो र गण्डकीबीचको खेल पुस १३ गते पोखरा रंगशालामा हुनेछ । 

लुम्बिनी गार्डेन फाउन्डेशन र कास्की जिल्ला फुटबल संघको आयोजनामा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । लुम्बिनी गार्डेन फाउन्डेशनका महासचिव एकराज गिरीका अनुसार स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडीसम्मिलित गर्दै काथेरेन्यो नेपाल आउँदैछ । 

काथेरेन्योले शुरुमा स्पेनका इकर कासिलास, डेभिड भियालगायतका खेलाडीलाई नेपाल ल्याउने बताइएको थियो । भिया आउने निश्चित भएपनि कासिलास आउने सम्भावना नरहेको महासचिव गिरीले बताए ।  यता, गण्डकी-११ को कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गर्नेछन् । 

पोखरामा पाँच वर्षसम्म लगातार स्पेनी टोली ल्याउन पहल गरिने उनले बताए । आगामी वर्ष आन्द्रेस इनिस्टा, फर्नान्डो टोरेसलगायतका खेलाडी ल्याउने उनको दाबी छ । ‘अहिले नै हामीले इनिस्टा, टोरेस ल्याउन चाहन्थ्यौं । समयले मिलेन, अर्को वर्ष उहाँहरू पनि आउनुहुन्छ,’ गिरीले भने ।

खेलाडी तथा खेलकुदको विकासमा थप टेवा पुर्याउने उद्देश्य अनुरुप आफूहरुले १६ देशमा समन्वय गरिरहेको उनले बताए ।  गण्डकी-११ का कप्तान गुरुङले स्पेनजस्तो देशका खेलाडीहरुसंग पोखरामा खेल्न पाउनु निकै गौरवको कुरा भएको बताए ।  उनले राजेन्द्र तामाङको प्रमुख प्रशिक्षणमा आफूहरु तयारीमा जुट्दै गरेको र केही दिनमा २५ जना खेलाडीहरु छनोट गरी कम्तिमा एक साता प्रशिक्षण गर्ने बताए । 

पूर्व खेलाडी सुन्दर थापाले पोखरामा भएको भोलिपल्ट अर्थात पुस १४ मा काठमाडौंमा मैत्रीपुर्ण खेल हुने जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja