विश्वभर कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या ६३ करोड पुग्यो



पोखरा

विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ६३ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ४३ हजारभन्दा धेरै जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै विश्वभर कोरोना निको हुनेको सङ्ख्या ६३ करोड ६ हजारभन्दा धेरै भएको छ । सन् २०१९ को अन्तिममा चीनमा पहिलोपटक देखिएको कोरोना हाल विश्वका दुई सय २ देशमा फैलिसकेको छ ।

अहिलेसम्म विश्वभर ६५ करोड ५३ लाखमा सङ्क्रमण पुष्टि भइसकेको छ भने ६६ लाख ६३ हजारको मृत्यु भएको छ । सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १० करोड मानिसमा सङ्क्रमण देखिएको छ । जसमध्ये ९ करोड ८६ लाख निको भएका छन् । अमेरिकामा मात्र ११ लाखको मृत्यु भएको छ ।

त्यसपछि भारतमा चार करोड ४६ लाखमा सङ्क्रमण पुष्टि हुँदा ४ करोड ४१ लाख निको भएका छन् । ५ लाख ३० हजार सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja