खोटाङमा एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा



पोखरा

जिल्ला अस्पताल खोटाङको एक्सरे सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।

रेडियोलोजी शाखामा कार्यरत रेडियोग्राफरहरू नहुँदा अस्पतालको एक्सरे सेवा बन्द भएको हो । कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक जना बाबुको उपचारका सिलसिलामा भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्सरे सेवा बन्द गरेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए । जिल्ला अस्पतालले आइतबार २५ देखि २९ मंसिरसम्मका लागि एक्सरे सेवा बन्द गरिएको सूचना जारी गरेको थियो । 

जिल्ला अस्पतालमा सरदर दैनिक ६० जनाको एक्सरे हुने गरेको छ । एक्सरे गर्न आएका बिरामी अन्यत्र गइरहेका छन् । एक्सरेकै कारण कतिपय बिरामी दिक्तेलकै फेमिली केयर अस्पतालमा गइरहेका छन् । एक्सरे गर्न जिल्ला अस्पताल पुग्दा १ पुसमा आउन भनेको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका कम्पसेर राईले बताए । 

बाबुको उपचारमा एक जना रेडियोग्राफर भारत गएपछि १५-२० दिनदेखि एक्लै काम गर्दै आएका रेडियोग्राफर पनि बिदामा बसे । त्यसपछि एक्सरे सेवा बन्द भएको हो । वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाएको भए पनि जिल्ला अस्पतालको एक्सरे मेसिन चलाउन नजानेको अस्पतालका निमित्त प्रमुख डा। यादवले बताए । एक्सरे सेवालाई नियमित गराउनका लागि पहल भइरहेको छ ।

जिल्ला अस्पतालको एक्सरे सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर बिसन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja