फ्रान्स अन्तिम १६ मा स्थान सुरक्षित



पोखरा

कतारमा जारी विश्व कप फुटबल अन्तर्गत गएराति भएको समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई २-१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । 

फ्रान्सको जितमा फरवार्ड किलीयन एम्बाप्पेले दुई गोल गरे । उनले खेलको ६१ औँ र ८६ औँ मिनेटमा गोल गरे । ६८ औँ मिनेटमा डेनमार्कमा आन्द्रेस क्रिस्टेन्सनले गोल गरे पनि जितका लागि पर्याप्त भएन । विश्व कप फुटबल अन्तर्गत हिजै भएको दोस्रो खेलमा पोल्यान्डले साउदी अरेबियालाई हराएको छ । पोल्यान्डले साउदी अरेबियालाई २-० गोलले हराएको हो ।

यस्तै, कतारको लुसेल मैदानमा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले हराएको छ भने हिजो भएको पहिलो खेलमा समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । अस्ट्रेलियाले ट्युनिसियालाई १-० गोलले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja