टर्कीमा शक्तिशाली भूकम्प जाँदा ३५ जना घाइते



पोखरा

टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३० माइल) पूर्वमा रहेको डुज्से सहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको धक्का इस्तानबुल र राजधानी अंकारामा महसुस गरिएको थियो । भूकम्पमा कम्तीमा ३५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । भूकम्पको गहिराइ २ देखि १० किलोमिटर रहेको अनुमान गरिएको छ । पहिलो भूकम्प गएको २० मिनेटपछि दोस्रो भूकम्प गएको थियो । 

भूकम्पले घर भत्किएपछि कतिपय मानिसहरू झ्यालबाट हाम फालेर सडकमा पुगेका थिए । टर्कीको प्रकोप एजेन्सीले ३२ जना डुज्सेमा, एक जना इस्तानबुलमा, एक जना ब्ल्याक सीको तटमा रहेको जोङ्गुलडाकमा र एक जना दक्षिणपूर्वमा बोलुमा घाइते भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja