गोरखा क्षेत्र नम्बर–१ (ख) र २ (ख) मा नेपाली कांग्रेसको जित



पोखरा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत गोरखा क्षेत्र नम्बर–१ (ख) र २ (ख) मा नेपाली कांग्रेसले जितेको छ ।

आज बिहान सम्पन्न मतगणनामा नम्बर–१ (ख) मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नन्दप्रसाद न्यौपाने विजयी भएका छन् । न्यौपाने १६ हजार २६१ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार मोहन भट्टराईले सात हजार ५३३ मत पाएका छन् । सो क्षेत्रमा २९ हजार ६८६ मत खसेको थियो ।

यस्तै, क्षेत्र नम्बर २ (ख) मा पनि गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । पाण्डे १६ हजार आठ सय ८२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत पाएका छन् । पाण्डे ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले निर्वाचित भएका हुन् ।सो क्षेत्रमा कुल २७ हजार चार सय ३० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja