तनहुँ क्षेत्र नं २ बाट कांग्रेसका केन्द्रीय सदस्य भण्डारी निर्वाचित



पोखरा

तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी निर्वाचित भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी पाँच हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरेका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाएका छन्।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार तीन सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार चार सय २१ मत प्राप्त गरेका छन्। खसेको कुल मत ६८ हजार आठ सय १७ रहेको छ भने तीन हजार पाँच सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भण्डारी सोही क्षेत्रबाट पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja