कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता 



पोखरा

कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

जारी मतगणनामा सो पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद कँडेल तीन हजार पाँच सय ४७ मतसहित अगाडि छन् । उनलाई नेकपा (एमाले) का विद्या भट्टराईले तीन हजार तीन सय ९८ मत सहित पछ्याएका छन् । 

नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बरालले एक हजार नौ सय ७४ मत ल्याएक छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले एक हजार तीन सय ४७ मत ल्याएका छन् ।

त्यस्तै प्रदेशसभातर्फ कास्की-२ (१) मा एमालेका भीम कार्की तीन हजार आठ सय ३४ मतसहित अगाडि छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले तीन हजार सात सय ४७ मतसहित पछ्याएका छन् । सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का विश्वप्रकाश लामिछानेले दुई हजार एक सय आठ र हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले एक हजार दुई सय ४० मत ल्याएका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja